बागमती

भरतपुर महानगरपालिकाको बजेट ६ अर्ब ३१ करोड ७९ लाख

इकागज |
असार १०, २०८० आइतबार १५:१ बजे

चितवन- चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको छ ।

आइतबार बसेको नगरसभा बैठकमा महानगर उपप्रमुख चित्रसेन अधिकारीले आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । 


यसका लागि आन्तरिक आय १ अर्ब ७५ करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार केन्द्र तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट ५४ करोड ८० लाख १५ हजार जनसहभागिताबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६५ करोड र सडक बोर्डबाट ३ करोड रहने बजेटले स्रोतका रूपमा लिएको छ ।


Author

थप समाचार
x