बागमती

ललितपुर महानगरको बजेट ६ अर्ब ५० करोड

इकागज |
असार १०, २०८० आइतबार १७:१३ बजे

काठमाडौँ- ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट प्रस्तुत गरेको छ ।

आइतबार बसेको नगरसभा बैठकमा महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले आर्थिक वर्ष २०८०/८१ को ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट पेस गरेकी हुन् । 


उनका अनुसार पुँजीगत तर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख रुपैयाँ विनियोजन गरिएको छ । 

ललितपुर महानगरले सडक पूर्वाधार, सम्पदा संरक्षणलगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । 
 


Author

थप समाचार
x