बागमती

आशामात्रै देखाउने स्थानीय सरकारकाे नीति ?

इकागज |
असार ११, २०८० सोमबार १९:१९ बजे

मकवानपुर- आर्थिक वर्ष २०८०/८१ का लागि बजेट ल्याउने क्रम जारी छ । नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने होडबाजी चलिरहँदा अधिकांश स्थानीय तहहरूले सर्वसाधारणलाई लोभ्याउने र आशा जगाउँने योजनाहरू ल्याएर आफ्नो कार्यकाल ‘लोकप्रिय’ बनाउन खोजेको आरोप लागेको छ ।

मकवानपुरमा स्थानीय तहहरूले आगामी आवका लागि बजेट तथा नीति र कार्यक्रममा कसैले घर उपहार दिने योजना सार्वजनिक गरेका छन् भने कसैले मदिरा र गुट्खा निषेध गर्ने योजना सार्वजनिक गरेको छ ।


मदिरा तथा गुट्खा निषेध गर्ने योजनाहरू हेर्दा सामान्य लाग्ने तर दीर्घकालसम्म यसको राम्रो पाटोहरू रहेको जनप्रतिनिधिहरूको दाबी छ ।

असार १० सम्म सबै स्थानीय तहहरूले नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने भए पनि मकवानपुरका सबै स्थानीय तहहरूले बजेट सार्वजनिक गरेका छैनन् । १० वटा स्थानीय तह रहेको मकवानपुरमा ७ वटाले बजेट सार्वजनिक गरेका छन् भने दुई वटाले नीति तथा कार्यक्रम मात्रै सार्वजनिक गरेका छन् ।

जिल्लाको बागमती गाउँँपालिकाले नीति तथा कार्यक्रम र बजेट केही सार्वजनिक गरेकाे छैन । २ स्थानीय तहहरूले नीति तथा कार्यक्रम र ७ वटा स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । गत असार २ मा हेटौंडा उपमहानगरपालिकाले २ अर्ब ६० करोडको बजेट सार्वजनिक गरिसकेको थियो । बागमती गाउँँपालिकाले भने १५ गतेभित्र बजेट ल्याउने भएको छ । बजेट निर्माणका लागि समय अपुग भएकाे भन्दै बागमतीले आगामी असार १५ गते बजेट ल्याउने भएकाे छ ।

पश्चिम मकवानपुरको राक्सिराङ गाउँँपालिकाले पालिका क्षेत्रमा बसाइँ सरेर आउने परिवारका लागि २ कोठाको घर निर्माण गरिदिने कार्यक्रमसहित ५७ करोड ८८ लाखको बजेट सार्वजनिक गरेको छ । गाउँँबाट सहर क्षेत्रमा बसाइँसराइ दर उच्च भएपछि गाउँपालिकाले घर उपहार कार्यक्रम ल्याएको उपाध्यक्ष बनस्थम थिङ्ले बताए ।

मकवानपुरकै कैलाश गाउँपालिकाले ४८ करोड ५९ लाखको बजेट सार्वजनिक गरेको छ । गाउँँपालिकाले सडक तथा झोलुङ्गे पुल निर्माण र कृषिलाई प्राथमिकतामा राखेको उपाध्यक्ष बालकुमार मल्लले बताए ।

इन्द्रसरोवर गाउँपालिकाले ४४ करोड ३४ लाखको बजेट ल्याएको छ । इन्द्रसरोबरले कृषि र पर्यटन क्षेत्रलाई बजेटमा प्राथमिकता दिएको छ ।

मकवानपुरकै भीमफेदी गाउँपालिकाले रैथाने बालीलाई अनुदान दिने कार्यक्रमसहित ६८ करोड ५४ लाखको बजेट विनियोजन गरेको छ । गाउँपालिकाले भौतिक पूर्वाधार, पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष हिदम लामाले बताए ।

मकवानपुरको मकवानपुर गढी गाउँँपालिकाले ६२ करोड २ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँँपालिकाले कृषि तथा पशुपालनलाई प्राथमिकतामा राख्दै किसान लक्षित कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको छ ।

मकवानपुरको मकवानपुर गढी गाउँँपालिकाले ६२ करोड २ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँँपालिकाले कृषि तथा पशुपालनलाई प्राथमिकतामा राख्दै किसान लक्षित कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको छ ।

मकवानपुरको थाहा नगरपालिकाले ९८ करोड ८८ लाखको बजेट ल्याएको छ । थाहाले कृषि, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, सुशासन, उद्यमशिलता र रोजगारी,विपद् व्यवस्थापन र क्षमता विकासलाई प्राथमिकतामा राखेको छ ।

मकवानपुरको मनहरी गाउँँपालिका र बकैया गाउँँपालिकाले नीति तथा कार्यक्रम मात्र प्रस्तुत गरेका छ्न् । बकैयाले मदिरा निषेध र मनहरीले गुट्खा निषेधको नीति अघि सारेको छ । चेपाङ बस्ती रहेकाे पालिका मनहरी र राक्सिराङमा चेपाङकाे जीव‍नस्तर उकास्ने कार्यक्रमहरू पनि प्राथमिकतामा रहेकाे बताइएकाे छ ।

सामाजिक विकासको पाटोलाई स्थानीय तहहरूले अब प्राथमिकतामा राख्ने योजना बनाएको जनप्रतिनिधिहरूको दाबी छ । तर, सर्वसाधारणहरूले बजेटमा आशा मात्रै जगाउने गरेकाे तर कार्यान्वयनबाट युवा र सर्वसाधारणलाई सहयाेग पुग्ने कार्यक्रम नभएकाे गुनासाे गरेका छन् ।

‘केही राम्रा कार्यक्रमहरू छन् तिनीहरूकाे कार्यान्वयन भए राम्राे हुनेछन् तर कार्यान्वयन पाटाे राम्राे हुँदैन केही भनाइ र नीतिमा मात्रै सीमित हुने कार्यक्रम छन्,’ नकुल घिमिरेले भने ।


Author

थप समाचार
x