बागमती

बागमती प्रदेशसभाको बैठक भोलि १ बजे बस्ने

इकागज |
असार ११, २०८० सोमबार २०:२ बजे

मकवानपुर- बागमती प्रदेशसभाको बैठक भोलि असार १२ गते दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार आज बसेको कार्य परामर्श व्यवस्थापन समितिको बैठकले बागमती प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको आगामी आव २०८०/८१ को बजेट वक्तव्यमाथि पूर्ण छलफल गर्ने कार्यसूची तयार पारेको छ । 

यही असार १ गते बसेको प्रदेशसभा बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले प्रदेश सरकारका तर्फबाट आगामी आवको अनुमानित बजेट सार्वजनिक गरेका थिए ।


सोही दिन अपराह्न बसेको दोस्रो बैठकमा आर्थिक विधेयकसहित विभिन्न ६ वटा विधेयक प्रस्तावहरू टेबुल गरिएलगत्तै प्रदेशसभाको अर्को बैठक असार १२ गतेका लागि बस्ने गरी प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठक स्थगित गरेका थिए । रासस


Author

थप समाचार
x