बागमती

सडक वरपरका पेन्टिङ र होर्डिङ बोर्ड हटाउन भरतपुर महानगरको ३५ दिने म्याद

इकागज |
असार १२, २०८० मंगलबार १०:३६ बजे

भरतपुर। भरतपुर महानगरपालिकाले नगरभित्र सार्वजनिक सडकहरुको वरपरका क्षेत्रमा अनधिकृतरुपमा बनाइएका पेन्टिङ तथा होर्डिङ बोर्डहरू हटाउन अनुरोध गरेको छ ।

सवारी आवागमनमा बाधा पुर्‍याउने गरी निर्माण सामग्री र मालवस्तुहरु राख्ने वा व्यापार गर्ने, सहरको सौन्दर्य नै कुरुप बनाउने गरी सडकमा लोगो र अन्य पेन्टिङहरु गर्ने, सडक क्षेत्राधिकारमा अनुमतिबिनाका होर्डिङ बोर्ड, पोस्टर, पम्प्लेट, पर्चा, ब्यानर, गेट टाँस्ने वा राख्ने कार्यहरु गरिएको पाइएकाले उक्त कार्य नगर्न, नगराउन महानगरपालिकाले सूचना प्रकाशन गरेर सम्बन्धित सरोकारवालालाई सूचित गराएको छ ।


भरतपुर महानगरपालिकाले मंगलबार सूचना प्रकाशन गरि ३५ दिनभित्र उक्त सामग्री, संरचना र पेन्टिङहरु हटाउन अनुरोध गरेको हो । ३५ दिनभित्र पेन्टिङ र बोर्ड नहटाइएमा सार्वजनिक सडक ऐन, २०३१ को दफा १८, १९, २१ बमोजिम महानगरले नै हटाउने र हटाउँदा लागेको खर्चसमेत सरकारी हर्जाना बाँकी सरहबाटै असुलउपर गरिने सूचनामा उल्लेख छ ।


Author

थप समाचार
x