बागमती प्रदेशसभाको पाँचवटा विषयगत समिति निर्माण
मकवानपुर- बागमती प्रदेशसभाको पाँचवटा विषयगत समिति निर्माण भएको छ । प्रदेश सभा नियमावली २०७४ को नियम १६ बमोजिमको विषयगत समितिहरू गठन गरिएको हो ।
आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएपछि स्थगित गरेर आज छलफलको लागि बसेको बैठकले विषयगत समिति गठन गरेको हो । प्रदेशसभा बैठकमा सभामुख भुवन पाठकले समितिमा रहने सभासदहरूको नाम पढेर सुनाएका थिए । समितिको विषयमा सबै दलले समर्थन गरेका छन् । देशसभामा रहने प्रदेश मामिला समिति, उद्योग पर्यटन वन तथा वातावरण समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा कृषि समिति निर्माण गरिएको हो ।
बजेटमाथि छलफल गर्न आज पुन: बैठक बस्ने छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया