बागमती

एमाले र राप्रपाकाे विरोधपछि बागमती प्रदेशसभाकाे बैठक स्थगित

इकागज |
असार १२, २०८० मंगलबार २१:६ बजे

मकवानपुर- बागमती प्रदेश सभाको बैठक असार १३ गते बुधबारसम्मका लागि स्थगित भएको छ । मंगलबार साँझ ६ बजे बस्ने भनिएको बैठक विशेष कारण स्थगित गरी भोलि असार ३ गते बिहान ११ बजे बस्ने भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

मंगलबारकाे पहिलाे बैठक ५ वटा विषयगत समिति बनाएर दाेस्राे बैठक समेत मंगलबार नै हुने गरी स्थगित गरिएको थियो । दोस्रो बैठकमा प्रतिपक्षले विरोध गरेका हुन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेपछि प्रदेशसभा मंगलबारकाे दाेस्राे बैठक अवरुद्ध भएको थियाे । एमाले र राप्रपाले विरोध गरेपछि सभामुख भुवन पाठकले साँझ पौने ६ बजेसम्मको लागि बैठक स्थगित गरेका थिए ।


विनियोजित बजेट २०८०/०८१ को सम्बन्धमा सत्तापक्ष र प्रतिपक्ष बीच बैठक संचालन गर्ने सम्बन्धमा विभिन्न चरणमा छलफल भए पनि सहमति हुन नसकेपछि बैठक स्थगित गरिएकाे प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । सचिवालयले सूचना सार्वजनिक गरेर बैठक स्थगित भएको जनाएकाे हाे ।

प्रदेश सरकारले ल्याएको बजेट एक पक्षीय भएको, सरकारको मन्त्री रहेको जिल्ला र क्षेत्रलाई मात्र प्राथमिकता दिएको भन्दै एमाले र राप्रपाले विरोध गरेका हुन् । प्रमुख प्रतिपक्ष दलका नेता जगन्नाथ थपलियाले बजेट पुनर्लेखन गरेर समावेशी बनाएर मात्र पास गर्न प्रदेश सरकारलाई अनुरोध गरेका छन् ।


Author

थप समाचार
x