बागमती

बागमती प्रदेश सभा बैठक बस्दै, बजेटमाथिको छलफलमा सहमति हुनेमा अझै आशंका

इकागज |
असार १७, २०८० आइतबार ९:३१ बजे

हेटौडा । बागमती प्रदेशसभाको बैठक बस्दैछ ।प्रदेश सभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे बोलाइएको छ  ।

गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट माथिको छलफल अझै सुचारू हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपासँग सहमति कायम गरेर आजको बैठक सुचारू गराउने प्रयत्न रहने बाग्मती सरकारले जनाएको छ।


सो बजेटमाथि छलफलका लागि असार १३ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूको निरन्तर अवरोध गरे पछि ३ दिनका लागि स्थगित गरिएको थियो । उनीहरूकाे आराेप छ कि बजेट  विभेदकारी छ । 

तर, आजको बैठकमा सहमति कायम गरेर छलफल सुचारू गराउने योजनामा भने सरकार प्रतिबद्ध रहेकाे देखिएकाे छ । 
 


Author

थप समाचार
x