बागमती

काठमाडौँ महानगरको निर्देशन : ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउनू, नयाँ नबनाउनू

इकागज |
असार १७, २०८० आइतबार १६:१६ बजे

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन र थप संरचना नबनाउन निर्देशन दिएको छ ।

आइतबार बालुवाटारस्थित ललिता निवासको जग्गामा पुगेको महानगर प्रहरीको टोलीले सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले उक्त जग्गाभित्र रहेका संरचना हटाउन र नयाँ संरचना नबनाउन निर्देशन दिएको हो ।


अन्यथा महानगर आफैँले हटाउने चेतावनीसमेत दिइएको छ । 
 


Author

थप समाचार
x