बागमती

बागमती प्रदेश सभाको अवरोध हट्याे, समानुपातिक बजेट बाँडफाँटमा सहमति

इकागज |
असार १८, २०८० सोमबार १४:४६ बजे

फाइल तस्बिर

मकवानपुर- बागमती प्रदेश सरकार अन्ततः समानुपातिक बजेट वितरणमा तयार भएको छ । 

सरकारले बजेट वितरण आसमान गरेको भन्दै प्रतिपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका थिए । बागमती प्रदेश सरकारले प्रतिपक्षी दलहरूको योजनालाई समावेश गर्ने प्रतिबद्धता जनाएको स्रोतले जनाएको छ । यससँगै प्रदेशसभाको अवरोध हट्ने भएको छ । 


प्रदेश राजधानी हेटौंडामा सोमबार भएको छलफलमा सत्ता पक्षले प्रतिपक्षी दलहरूका योजनालाई पनि समावेश गर्ने सहमति भएको हो । गत असार १२ गतेबाट बागमती प्रदेशसभा बैठकको अवरोध हटाउन प्रतिपक्ष दलहरू तयार भएका हुन् । 

सरकार र प्रतिपक्ष दलबीच समानुपातिक बजेट बाँडफाँटमा सहमति जुटेपछि आजबाट प्रदेशसभा बैठकको नियमित हुने भएको हो ।

सरकारले एक पक्षीय बजेट विनियोजन गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेसहित राप्रपा र नेपाल मजदुर किसान पार्टीले जारी राखेको बैठकको अवरोध आजबाट हट्ने भएको हो । 

सरकारले एकपक्षीय रूपमा राखेको बजेटलाई समानुपातिक वितरण गर्न सहमती गरेपछि प्रतिपक्ष दलहरूले अवरोध हटाउने भएका हुन् । यद्यपि सरकार पक्षका सांसदहरूले पनि बजेट असमान वितरण भएको बताउँदै आएका छन् । संसदमा छलफल चलेपछि आफ्नो तर्क राख्न पाउने भएकोले सांसदहरू छलफलमा जान तयार भएका हुन् ।


Author

थप समाचार
x