बागमती

सडक विस्तारमा अवरोध नपुर्‍याउन आग्रह

इकागज |
असार २३, २०८० शनिबार १९:१६ बजे

हेटौँडा- हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले सडक विस्तारमा अवरोध नपुर्‍याउन आग्रह गरेकी छिन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा बजारमा पर्ने सडक विस्तार गरेरै छाड्ने उनको भनाइ छ ।

बागमती प्रदेशको राजधानी रहेको हेटौँडामा बढ्दो सवारी चाप र साँघुरो सडकका कारण बजार व्यवस्थापनमा समस्या हुने गरेको उनले बताइन् । हाल सडकको दायाँ बायाँ २५ गज सडक विस्तार गर्न लागिएको छ ।


सर्वोच्च अदालतले सडक विस्तार गर्ने गरी फैसला गरेको भन्दै उपप्रमुख लामाले फैसला कार्यान्वयन हुने बताइन् । 'सडक साँघुरो भएकाले दुर्घटना बढिरहेका छन्, ट्राफिक व्यवस्थापनमा पनि कठिनाइ भइरहेको छ,' उनले भनिन्, 'सडकका कारण हामीले गरेका राम्रा काम छायाँमा परेको अवस्था छ ।'

उनले सडक विस्तार नगर्न धम्की आएको बताउँदै सबैले सडक विस्तारका लागि सहयोग गर्न आग्रह गरिन् ।


Author

थप समाचार
x