राष्ट्रिय सभा उपनिर्वाचन :
'प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता पालना गरेनन्'
हेटौंडा : राष्ट्रिय सभाको चुनावको तयारीका विषयमा दलका प्रतिनिधिसँग निर्वाचन कार्यालयले छलफल गरेको छ । हेटौंममा बुधबार भएको छलफलमा धादिङ निलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुंगनाले प्रधानमन्त्रीले बारम्बार संविधानको उल्लघंन गर्दै आएको आरोप लगाएका छन् ।
उनले राष्ट्रिय सभाको चुनावको अघि निर्वाचन आचारसंहिता लागू भइसकेपछि ४८ घण्टाअघि प्रचार गर्न नपाइने भएपनि प्रधानमन्त्री केपि शर्मा ओलीले एमालेका उम्मेदवार रामबहादुर थापालाई भोट मागेकोमा आपत्ति जनाएका हुन् । उनले यस्तो प्रवृतिलाई गैरकानुनी, अलोकतान्त्रिक र संविधान मिच्ने काम भएको बताएका छन् । बागमती प्रदेशबाट राष्ट्रिय सभाको सदस्यको लागि भोलि बिहीबार मतदान हुँदैछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया