बागमती

बागमती सरकार र किसानबीच सहमति

इकागज |
असार २४, २०८० आइतबार १६:१० बजे

फाइल तस्बिर

मकवानपुर- बागमती प्रदेशको कृषि तथा पशुपन्क्षी मन्त्रालय घेर्न आएका किसान र प्रदेश सरकारबीच सहमति भएको छ । मन्त्रालयमा सचिव शरणकुमार पाण्डेको उपस्थितिमा किसानहरूको मागलाई आगामी बजेटमा समावेश गर्न कोसिस गर्ने सहमति भएको हो । 

दूध उत्पादनमा आधारित अनुदान कार्यक्रमको कार्यविधिमा भएको व्यवस्था अनुसार बजेट काटिएको बताइएको थियो । उक्त प्रावधान र व्यवस्था अनुसार दोहोरोपन भएकाले कार्यविधिले दुग्ध सहकारी संस्थाहरूले अनुदान पाउनबाट वञ्चित भएको सन्दर्भमा आगामी दिनमा उक्त अनुदानबाट वञ्चितमा परेका सहकारी संस्थाहरूलाई बजेटबाट सम्बोधन गर्न मन्त्री राजेन्द्रमान श्रेष्ठको नेतृत्वका सम्बन्धी निकायसँग समन्वय गरिने सहमति भएको सचिव पाण्डेले बताए ।


बागमती प्रदेश सरकारले दोहोरो अनुदान भएको भन्द्र आगामी आर्थिक वर्षका लागि किसानले दूधमा पाउने अनुदान कटौती गरेपछि किसानहरू चितवनबाट हेटौंडामा मन्त्रालय घेर्न आएका थिए ।

चितवनको राप्ती, खैरहनी र माडी नगरपालिकामा स्थानीय सरकारले पनि अनुदान दिएको प्रदेश सरकारले पनि दिँदा दोहोरो भएको भन्दै अनुदान काटिएको थियो । त्यसपछि यसैको विरोधमा किसानहरू प्रदेशको मन्त्रालयमा आइपुगेका थिए । उनीहरूले कृषि मन्त्रीको राजीनामा मागेका थिए ।


Author

थप समाचार
x