मकवानपुर र बारामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
फाइल फोटो
मकवानपुर - मकवानपुर र बारामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
सोमबार साझ हेटौंडा १० स्थित जिल्ला प्रहरी कार्यालयको मोडमा ट्रकले ठक्कर दिएर घाइते भएका पैदल यात्री लालबहादुर घिसिङको उपचारको क्रममा मृत्यु भएको हो ।
यसै गरि बारा जितपुरसिमरा उपमहानगरपालिका २३ चुरियामन्दिर नजिकै मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका शंकर तामाङको उपचारको क्रममा मृत्युु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
शिवम सिमेन्टबाट थानाभर्याङ तर्फ जाँदै गरेको ना ६ ख ८८९० नं को ट्रकले बाटो क्रस गर्दै गरेका हेटौडा १० का ६३ वर्षीय घिसिङ गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएको थियो । उपचारको क्रममा घिसिङको मृत्यु भएको डाक्टरले घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।
घिसिङलाई ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको साथै अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
यसैगरी सोमबार दिउँसो ४ बजे बजेको समयमा बारा जितपुरसिमरा २३ स्थित चुरियामाई नजिकै पुर्व पश्चिम राजमार्ग सडक खण्डमा हेटौडाबाट विरगंज तर्फ आउदै गरेको प्र २–०३–०१२प ८८५० नम्बरको मोटरसाइकल सडकबाट ३० फिट तल खस्दा हेटौडा १५ का बर्ष ३५ वर्षीय तामाङ घाइते भएका थिए ।
घाइते तामाङलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरी प्रवक्ता कार्कीका अनुसार दुर्घटना स्थलमा मकवानपुर र बारा सिमराबाट प्रहरी टोली परिचालन भइ घटनाको मुचुल्का सहित थप अनुसन्धान भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया