बागमती

‘अहिलेको अवस्थामा राजनीति होइन मानवता देखाउन आवश्यक छ’

इकागज |
जेठ ७, २०७८ शुक्रबार १२:३४ बजे

हेटौंडा : कोभिड–१९को महामारीमा राजनीति नभएर मानवता देखाउनु पर्ने कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले बताएका छन् । बागमती प्रदेश सरकारले विकासको बजेट काटेर भए पनि स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राख्नुपर्ने उनको भनाई छ । 

मकवानपुरको स्वास्थ्य अवस्था कमजोर भएकोले त्यसलाई मजबुत बनाउन प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेको जनाउँदै प्रतिष्ठानलाई प्रदेश सरकारले सहयोग गरेर अस्पतालमा आइसियू, भेन्टिलेटरहरू उपलब्ध गराउनुपर्ने उनले माग गरे । हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न प्रदेश सरकारले विशेष चासो राख्नुपर्ने उनको भनाई थियो । 



Author

थप समाचार
x