नगर प्रहरीकाे ज्यादतीविरुद्ध काठमाडौँ महानगरको अगाडि प्रदर्शन
काठमाडौँ - सडक तथा साइकलमा व्यवसाय गर्ने साना व्यापारीहरूमाथि नगर प्रहरीले ज्यादती गरेको भन्दै काठमाडौं महानगरको कार्यालय अगाडि प्रदर्शन गरेको छ ।
आफूहरूलाई गरि खान नदिएको र नगर प्रहरीहरूले चरम ज्यादती गरेको भन्दै साना व्यापारीले भृकुटीमण्डपस्थित महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
ठेलागाडा, साइकल तथा फुटपाथमा व्यवसाय गर्नेहरूलाई महानगरले उचित व्यवस्थापन गर्नुपर्ने उनीहरूले जनाएका छन् । ठेलागाडा, साइकल तथा फुटपाथ व्यवसाय प्रतिबन्ध लगाउनुको साटो सबैलाई गरि खान दिन अन्य स्थानमा विकल्प दिनुपर्ने उनीहरूको भनाइ छ ।
प्रदर्शनमा सहभागीहरूले बालेन सुनिता तिमीहरूलाई मत र साथ दिनु के गल्ती नै थियो, गरिब होइन गरिबी हटाऊ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया