बागमती

मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध

इकागज |
साउन १४, २०८० आइतबार ११:५७ बजे

फाइल तस्बिर

चितवन- चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । 

इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट पहिरो खसेपछि आइतबार बिहान करिब पौने १० बजेदेखि सडक अवरुद्ध भएको हो ।


पानी परिरहेको र लेदो बगिरहेको बाटो पन्छाउन समस्या भइरहेको छ । 

पानी पर्न र लेदो खस्न छाडेपछि बाटो पन्छाउनका लागि सडक डिभिजनको ‘मेसिन’ तयारी अवस्थामा राखिएको छ । 

शनिबार पनि सोही स्थानमा केही समय सडक अवरुद्ध भएको थियो ।
 


Author

थप समाचार
x