Ekagaj Logo
२२ कात्तिक २०८१, बिहीबार
(Thursday, 07 November, 2024)

बागमती

एक हजार ५९५ दरबन्दी स्वीकृत गर्ने बागमती सरकारको निर्णय

इकागज |
साउन १४, २०८० आइतबार १७:१२ बजे

मकवानपुर- बागमती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले सरकार मातहत काम गर्दै आएका अस्थायी र करारका एक हजार पाँच सय ९५ दरबन्दी स्वीकृत गरेको हो । 

बैठकले दुई कर्मचारीलाई ११औँ तह (प्रदेश सचिव)मा बढुवा गर्ने समेत निर्णय गरेको छ । स्वास्थ्य सेवातर्फ नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फ लोकनाथ रेग्मीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय भएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए । 


यसैगरी बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ । 


Author

थप समाचार
x