बागमती

मकवानपुरमा पहिरो : एकै परिवारका ६ बेपत्ता, एकको मृत्यु

इकागज |
साउन २३, २०८० मंगलबार ९:४१ बजे

हेटौंडा- मकवानपुरमा पहिरोमा परेर ७ जना बेपत्तामध्ये एक जनाको भएको छ । काभ्रेको खानीखोला र मकवानपुरको बागमती गाउँपालिकाको सिमानामा पर्ने सिक्रे खोलामा पहिरोमा परेर एक जनाको मृत्यु भएको हो भने ६ जना बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अक्कल बहादुर स्याङ्तानको परिवारलाई पहिरोले बगाउँदै ६ जना बेपत्ता भएका हु्न् । उनीहरूको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएका छन् ।


पहिरोमा बागमती गाउँपालिका-५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्यांतान, उनकी २२ वर्षीया छोरी शिला पहरी ,  ज्वाइँ २५ वर्षीय जीवन पहरी,  नाती चार वर्षीय मिलन पहरी, साढे एक वर्षकी नातिनी दिब्या पहरी र सिन्धुली हरिहरपुर गाउँपालिका-१ कोकटीका अन्धाजी १६/१७ वर्षका पासाङ घिसिङ (पाहुना) बेपत्ता भएका छन् ।

पहिरोमा अक्कलकी श्रीमती ५५ वर्षकी सन्तमाया स्याङ्तानलाई स्थानीयले उद्धार गरी मेडिकलमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो ।


Author

थप समाचार
x