बागमती

मकवानपुरमा विषालु च्याउ खाँदा ६ जना बिरामी

इकागज |
साउन २४, २०८० बुधबार ११:४१ बजे

मकवानपुर- विषालु च्याउ खाँदा मकवानपुरमा ६ जना बिरामी परेका छन् । जिल्लाको राक्सिराङ गाउँपालिका–२ औडारमा विषालु च्याउ खाँदा ६ जना बिरामी भएका हुन् । 

उनीहरू मध्ये ३ जना एकै परिवारका हुन् । जंगली च्याउ खादा उनीहरू बिरामी परेका हुन् । राक्सिराङ–२ औडारका स्थानीय २६ बर्षीय विकास चेपाङ्, ६ बर्षीय सन्तोष  चेपाङ, २४ बर्षीय सुनीमाया चेपाङ, २७ बर्षीय राजकुमार प्रजा, आमेस चेपाङ र अर्का एक जना पुरुष बिरामी परेको वडा नम्बर दुईका वडाध्यक्ष बुद्धराम लामाले जनाएका छन् ।


विकास,सन्तोष र सुनीमाया एकै परिवारको भएको बुझिएको छ ।  

च्याउ खाएपछि बान्ता आउनेलगायतका समस्या भएपछि उनीहरुलाई सरिखेत स्वाथ्य चौकीमा उपचार गरिएको स्वाथ्य चौकीका प्रमुख प्रकाश कार्कीले बताए ।

सरिखेतमा सम्भव भएकोले उनीहरुलाई भरतपुर रिफर गरिएको छ । “उहाँहरुलाई आइसियु सहितको उपचार आवश्यक पर्ने देखिएकोले सरिखेत स्वाथ्य चौकीबाट भरतपुर पठाइएको हो” कार्कीले भने । मकवानपुरको राक्सिराङ, खैराङ, सरिखेत क्षेत्रमा जंगली च्याउ खाएर बर्सेनी ज्यान जाने गरेको छ ।


Author

थप समाचार
x