Ekagaj Logo
२१ कात्तिक २०८१, बुधबार
(Wednesday, 06 November, 2024)

बागमती

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको स्थापना दिवसमा बालबालिकालाई सहयोग

इकागज |
साउन ३१, २०८० बुधबार १२:५१ बजे

काठमाडौँ- सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले २९ औँ स्थापना दिवस मनाएको छ ।  मंगलबार संघको कार्यालय सिन्धुपाल्चोकको बाह्रविसेमा केक काटेर स्थापना दिवसको मनाएको हो । 

स्थापना दिवसको अवसरमा बाह्रविसे नगरपालिका-८ मा बालबालिकालाई आवश्यक सामग्री सहयोग हस्तान्तरण गरेको छ ।


बाह्रविसे नगरपालिका-८ मा रहेको  सिन्धु बहिरा आधारभूत विद्यालका फरक क्षमता भएका ३० जना बालबालिकालाई संघले ट्रयाकसुट, टी सर्ट र खाजा सहयोग गरेको छ । संघका अध्यक्ष होमबहादुर बस्नेत(राजकुमार)ले उक्त विद्यालयलाई ५१ हजार रुपैयाँ पनि सहयोग गरेका छन् ।

विद्यालयलाई सहयोग गर्न संस्थागत रुपमा र आवश्यक परे ब्यक्तिगत रुपमा सहयोग गर्ने अध्यक्ष बस्नेतले बताए । विद्यालयले अपाङ्गता भएका बालबालिकालाई अध्ययनमा विशेष सहयोग गरिरहेको पाएको आफूले पाएको बस्नेतले बताए ।

प्रधानाध्यापक मैना कार्कीले संघले गरेको सहयोगले बालबालिकाको पढाईमा थप सहयोग पुग्ने बताइन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कमलकुमार श्रेष्ठ, पूर्व अध्यक्ष अर्थलाल श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश सदस्य यादव दाहाल, संघका उपाध्यक्ष सूर्यबहादुर कार्की, महासचिव शम्भुबहादुर तिमल्सिना, सचिव ईश्वर गुभाजु, सहकोषाध्यक्ष विचारी पराजुलीलगायत कार्यसमिति सदस्य, सल्लाहकार समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

विद्यालयमा सहयोग गरेपश्चात संघको कार्यालय बाह्रविसेमा केक काटी दिवसको मनाएको थियो । संघले २९औं स्थापना दिवसको अवसरमा जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई व्यवसायिक उन्नतीको शुभकामनासमेत प्रदान गरेको छ ।


Author

थप समाचार
x