बागमती

सामान्य विवादमा कुटपिट हुँदा मृत्यु

इकागज |
भदौ २, २०८० शनिबार १४:० बजे

सांकेतिक तस्बिर

मकवानपुर- मकवानपुरको बकैया गाउँपालिकामा कुटपिटको कारण एक जनाको मृत्यु भएको छ । बकैया ८ देउता खोलाको शिरमा कुटपिटबाट एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

स्थानीय पातली माया भोलनसँगको झगडाका क्रममा कुटपिट हुँदा जालीमाया घिसिङको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।


प्रहरीका अनुसार ४८ वर्षीया भोलनको कुटाइबाट घिसिङको मृत्यु भएको हो । देउता खोलाको शिर बस्ने घिसिङ र  भोलनबीच सामान्य बादविवादमा झगडा हुँदा भोलनले कुट्दा घिसिङको टाउकोको भित्रि भागमा चोट लागेर घाइते भएकी थिइन ।

उनको स्थानीय मेडिकलमा उपचार पश्चात वडाको न्यायिक समितिबाट उपचार खर्च कुटपिट गर्ने ब्यक्ति पातली मायाले ब्यहोर्ने सहमति समेत भएको थियो ।

साउन ३१ गते राती अचानक जालिमाया बेहोस भई उपचारको लागि चुरेहिल अस्पताल ल्याइएको थियो । चुरेहिल अस्पतालबाट थप उपचारको लागि टिचिङ अस्पताल काठमाडौँ पठाएकोमा डाक्टरले उपचार हुन नसक्ने भनेपछि घर ल्याउने क्रममा शुक्रबार बाटोमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

कुटपिट गर्ने पातली मायाको खोजीकार्य र अनुसन्धान  प्रहरीले गरिरहेको छ ।


Author

थप समाचार
x