बागमती

पाँचखाल नगरपालिकाले कोभिड खोप किन्न माग्यो सरकारसँग अनुमति

इकागज |
जेठ १२, २०७८ बुधबार ७:२३ बजे

फाइल फोटो

काभ्रे : पाँचखाल नगरपालिकाले कोभिड–१९ विरुद्धको खोप किन्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुमति मागेको छ । नगरपालिकाले आफ्नै खर्चमा किन्न लागेको खोपको प्रति डोज कति मूल्य पर्ने हो ? त्यो मुल्य पनि खुलाईदिन आग्रह गरेको छ । सरकारले नै कोभिडविरुद्धको खोप ल्याउन नसकिरहेका बेला पछिल्लो समय स्थानीय तहले खोप किन्नका लागि स्वास्थ्य मन्त्रालयसँग अनुमति मागिरहेका छन् । त्यसमध्येमा पाँचखाल नगरपालिका पनि थपिएको छ ।

पछिल्लो समयमा पाँचखालमा कोभिड संक्रमितको संख्या बढ्दै गएको र यसको रोकथामको लागि खोप नै भरपर्दो भएको हुनाले आफ्नो नागरिकलाई सुरक्षित राख्न आफ्नै स्रोतबाट खोप किन्ने निर्णय गरेको नगर प्रमुख महेश खरेलले जानकारी दिए । खोप खरिदका लागि विभिन्न देशसँग कुरा भइरहेको भन्द्यै नगरप्रमुख खरेलले मन्त्रालयले अनुमति दिए जेठ महिनाभित्र खोप ल्याउने दाबी गरेका छन् ।



Author

थप समाचार
x