Ekagaj Logo
२१ कात्तिक २०८१, बुधबार
(Wednesday, 06 November, 2024)

बागमती

फेरि सर्‍यो बागमतीको बैठक

इकागज |
भदौ १९, २०८० मंगलबार १८:२४ बजे

मकवानपुर- बागमती प्रदेश सभाको भोलि बुधबार पनि नबस्ने भएको छ । दुई महिनापछि हिजो साेमबारका लागि बोलाइएको बैठक हिजो दिनभर दलका नेताहरूबीच सहमति हुन नसकेपछि भोलिका लागि तय भएको थियो । तर, भोलि पनि बैठक नबस्ने भएको छ । दलहरूबीचको सहमति अनुसार अब भदौ २४ गते अपराह्न १ बजे बस्ने छ । 

बैठक यही भदौ २४ गते बिहान साढे ११ बजे बस्ने गरी सरेको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए । भोलि बस्ने भनिएको बैठक सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूको सहमतिअनुसार भदौ २४ गतेका लागि सारिएको सभामुख पाठकले बताए ।


सोमबार बस्ने भनिएको बैठक सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूबीच सहमति हुन नसक्दा बुधबार बस्ने गरी स्थगित गरिएको थियो ।

बागमती प्रदेश सभाको बैठक यसअघि गत असार २१ गते बसेको थियो । चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेटमा प्रतिपक्षी दलसँग भएको सहमति कार्यान्वयनमा नआएका कारण बैठक बस्न समस्या भएको पाइएको छ ।


Author

थप समाचार
x