Ekagaj Logo
२१ कात्तिक २०८१, बुधबार
(Wednesday, 06 November, 2024)

बागमती

तेस्राे काेशिसमा बागमती प्रदेश सभा बैठक बस्दै, तर यसकारण हुनसक्छ प्रभावित

इकागज |
भदौ २४, २०८० आइतबार ८:२५ बजे

मकवानपुर । बागमती प्रदेश सभा बैठक आज बस्ने भएको छ । चालु आथिक वर्षको लागि ल्याइएको बजेटमा सहमति अनुसारको कार्यान्वन नभएपछि बैठक बस्न सकेको छैन ।

गत असार २१ गते बजेट पास गरेर सकिएको बैठक भदौ १८ गतेको लागि आव्हान गरिएको थियो । बैठकका लागि दलीय सहमति नभएपछि बैठक नै नबसी २० गतेको लागि सारिएको थियो । तर बैठक २० गते पनि बस्न सकेन । त्यसपछि आज २४ गतेको लाग सभा आव्हान गरिएको छ ।


२ महिनापछि बोलाइएको बैठक १८ गते दिनभर दलको नेताहरुबीच सहमति हुन नसकेपछि २० बुधबारको लागि तय भएकोमा फेरि पनि सहमति हुन सकेन । 

दलहरुबीचको पछिल्लो सहमति अनुसार आज अपराह्न १ बजे बस्ने प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए । 

आजको बैठक पनि प्रभावित हुने सम्भावना

सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुको सहमतिअनुसार आजको लागि बैठक सारिएको बताइएको भए पनि आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेस नेता शेखर कोइराला हेटौंडा आउने कार्यक्रम भएकोले आज पनि बैठक प्रभावित हुने अनुमान गरिएको छ ।  बैठकमा माओवादी र काँग्रेस साँसदहरु सभामा अनुपस्थित हुने अनुमान गरिएको हो ।

आज हेटौंडामा हुने चार दल सम्मेलित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्न प्रधानमन्त्री दाहाल हेटौंडा आउँदै छन् । नेकपा एकीकृत समाजवादी, बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसालका अनुसार आज हुने सन्देश सभामा दाहालले दिउँसो १२ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभामा समाजवादी मोर्चाको अवधारणाबारे कार्यकर्तालाई प्रशिक्षण दिइने तथा समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको घोषणा गरिने बताइएको छ ।

यसैगरी हेटौडा ११ स्थित विपी वाटिकामा निर्माण गरिएको वीपीको प्रतिमा अनावरण कार्यक्रममा कोइराला हेटौंडा आउन लागेका हुन् । कांग्रेस मकवानपुरको आयोजना तथा विपी विचार समाज मकवानपुरको संयोजनमा विपीको १ सय १० औं जन्मजयन्तीको अवसरमा प्रतिमा अनावरण कार्यक्रम राखिएको हो । कांग्रेस मकवानपुर सभापति बुद्ध लामाका अनुसार नेता डा कोइरालाले जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई राष्ट्रिय राजनीति तथा कांग्रेसको पछिल्लो समयको रणनीतिको विषयमा जानकारी दिने छन् ।


Author

थप समाचार
x