Ekagaj Logo
२१ कात्तिक २०८१, बुधबार
(Wednesday, 06 November, 2024)

बागमती

हस्तकला विधेयक तयार भइसक्यो : मुख्यमन्त्री जम्कट्टेल

इकागज |
असोज ३, २०८० बुधबार १६:४४ बजे

फाइल फोटो

हेटौँडा - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा हस्तकला विधेयक तयार भइसकेको बताएका छन् । संविधान दिवसका अवसरमा हस्तकला संघ बागमती प्रदेश कार्यालयले आयोजना गरेको प्रदर्शनीमा उनले सो कुरा बताएका हुन् । 

उक्त विधेयक लागू भइसकेपछि हस्तकलाको क्षेत्रमा उल्लेखनीय कार्य गर्न सकिने चर्चा गर्दै मुख्यमन्त्री जम्कट्टेलले  हस्तकलाबाट स्वरोजगार सिर्जना र  विदेशमा समेत निर्यात  भएर राज्यलाई आम्दानी भइरहेकाले यसको विकास र प्रबद्र्धनमा प्रदेश सरकारले ध्यान दिने बताए । 


कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्मा र आयोजक संघका अध्यक्ष नवीन शाक्यलगायतले हस्तकलाका विविध विषयमा चर्चा गरेका थिए । रासस


Author

थप समाचार
x