होम आइसोलेसनमा बसेका कोभिड संक्रमित नै होममा भेटिँदैनन्
हेटौँडा : कोभिड-१९ संक्रमण पुष्टि भई होम आइसोलेसनमा बसेका संक्रमितहरू घरमै नेभेटिएको पाइएको छ । उनीहरू संक्रमित भएर घरमै नबसी अन्यत्र डुलिरहेको पाइएको हो । होम आइसोलेसनमा बसेकाहरूको निगरानी स्थानीय तहले गरिरहे पनि सुक्ष्म निगरानी गर्न सकेको छैन ।
उद्योग वाणिज्य संघ मकवानपुरको नेतृत्वमा सञ्चालनमा रहेको कोभिड हेल्थ डेस्कले संक्रमितहरूको अवस्थ बुझ्न घरदैलो कार्यक्रम गरेको थियो । हेटौंडा उपमहानगरपालिकामा संक्रमितलाई भेट्न जाँदा होम आइसोलेसनमा बसेकाहरू घरमै नभेटिएको सम्बन्धित वडाका वडाअध्यक्ष बताउँछन् ।
हेटौंडा-१ का अध्यक्ष सविन न्यौपाने भन्छन्, 'वडाभित्रका केही संक्रमितले अनुशासन पालना गरेनन् । उनले भने,‘संक्रमण पुष्टि भएको सूचना आएपछि हाम्रो वडाको टोली संक्रमितको स्वास्थ्य अवस्था बुझ्न घर-घर पुग्ने गरेको छ । तर कतिपय संक्रमितहरू घरमै भेटिएनन् ।’
संक्रमितलाई घरमै बस्न आग्रह गरेर निगरानीमा राखे पनि अनुशासनमा नबसेकाले टोलछिमेकलाई जानकारी गराएर आइसोलेसनमा पठाउने तयारी गरेको उनले जानकारी दिए । अध्यक्ष न्यौपानेले संक्रमितहरूले नै स्वास्थ्य मापदण्डको पालना नगर्दा समाजमा जोखिम बढिरहेको जनाए । कोभिड हेल्थ डेस्कले निरन्तर ५ दिन संक्रमितको अवस्था बुझ्न होम आइसोलेसनमा बसेका संक्रमितको घरमा पुगेको थियो ।
सो अवस्थामा अधिकांश संक्रमितहरू होम आइसोलेसन नभेटिएको कोभिड हेल्थ डेस्क मकवानपुरका सदस्य सरोज खनाल बताउँछन् । संक्रमित र संक्रमितको परिवारहरूलाई संक्रमणको बारेमा सचेत गराएर आउनुपरेको उनको भनाई छ ।
संक्रमितहरूको अवस्था बुझ्न हेथ्थ डेस्कबाट स्वास्थ्य सामग्री र खाद्यान्न सहितको टोली पुग्न गरेको छ । यसरी होम आइसोलसनमा बसेकाहरू घरमै नभेटिएपछि हेल्थ डेस्क मकवानपुरले स्थानीय तहका जनप्रतिधिसँग छलफल गरेको छ । मकवानपुरमा अहिले २३१० जना होम आइसोलेसनमा बस्दै आएका छन् । जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा संक्रमितहरू छन् । हेटौँडामा मात्रै १४३१ संक्रमित होम आइसोलेसनमा बसेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया