Ekagaj Logo
२० कात्तिक २०८१, मंगलबार
(Tuesday, 05 November, 2024)

बागमती

सिन्धुपाल्चोकका तीन स्थानीय तहले भूकम्प पीडितलाई ३५ लाख सहयोग गर्ने

इकागज |
कात्तिक १८, २०८० शनिबार २०:१५ बजे

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकका तीन वटा स्थानीय तहले भूकम्प पीडितलाई ३५ लाख सहयोग गर्ने भएका छन् । 

बाह्रबिसे नगरपालिकाले १५ लाख, भोटेकोशी गाउँपालिकाले १० लाख र त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख गरी ३५ लाख सहयोग गर्ने निर्णय गरेको  त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराले जानकारी दिए । 


बोहोराले विपद्को समयमा सहयोग गर्नुपर्छ भनेर तीन स्थानीय तहबीच समन्वय गरी ३५ लाख सहयोग गर्ने निर्णय गरेको बताए । उनले भने, जिल्लाका सबै स्थानीय तहसँग सहयोगका लागि समन्वय गरेका छौं,  अहिले तीन पालिकाले सहयोग रकम घोषणा गर्यौं बाँकीले पनि विस्तारै गर्नुहोला । 

सहयोग गर्ने यी तीनवटै स्थानीय तहमा नेपाली काँग्रेसले जितेको छ । 

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडामा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । हालसम्म जाजरकोट र रुकुम पश्चिममा जम्मा १ सय ५७ जनाको ज्यान गएको छ भने घाइतेको संख्या २ सय नाघेको छ ।

२०७२ सालमा गएको भूकम्पमा सिन्धुपाल्चोकमा ठूलो मानवीय र भौतिक क्षति भएको थियो ।  


Author

थप समाचार
x