अपाङ्गता भएका व्यक्तिहरूले गरे पाटन दरबारको अवलोकन
ललितपुर- ललितपुर महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई पाटन दरबारको अवलोकन गराएको छ ।
आइतबार अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित र्यालीसहित विश्व सम्पदा सूचीमा समावेश भएको पाटन दरबारको अवलोकन गराएको हो । त्यसअघि र्यालीको समापन कार्यक्रममा विगतदेखि नै अपाङ्गता भएका व्यक्तिका लागि केही नयाँ काम गरेको र यही क्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई पाटन दरबारको अवलोकन गराएको ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।
उनले समस्या समाधानका लागि विचार गरेर नीति निर्माण गरी अगाडि बढाइने भन्दै अपाङ्गता भएकाहरूको कठिन जीवनयापनलाई सहज बनाइने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया