बागमती

कोभिड-१९ संक्रमणबाट ज्यान गुमाउनेहरूका परिवारलाई २५ हजार किरिया खर्च

इकागज |
जेठ २०, २०७८ बिहीबार १८:५९ बजे

फाइल तस्बिर

काठमाडौँ : नुवाकोटको ककनी गाउँपालिकाले कोभिड-१९बाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई किरिया खर्च वापत् रु.२५ हजार र संक्रमितलाई रु. पाँच हजार उपलब्ध गराउने भएको छ । गाउँ कार्यपालिकाको बुधबारको बैठकले कोभिड रोगबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई स्थानीय सरकारको तर्फबाट किरिया खर्च वापत रु.२५ हजार दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिए ।  

ककनी गापामा पछिल्लो एक साताको अवधिमा कोरोना रोगबाट तीन जनाको निधन भएको र सङ्क्रमितको दर अनपेक्षित रुपमा बढेसगैँ रोकथामका लागि आवश्यक सबै कदम चाल्न लागिएको उपाध्यक्ष सीता खतिवडाले बताए । गाउँपालिकाले ३१ श्ययाको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालन गरेर चौबिसैघण्टा चिकित्सकसहितको जनशक्ति र अक्सिजनसहितको स्वास्थ्य उपचार सेवाको प्रबन्ध मिलाएको छ ।


काठमाडौँ उपत्यकाको फोहोर बिसर्जन प्रभावित क्षेत्रका बासिन्दाको काठमाडौ महानगरपालिका मार्फत परीक्षण गराएका कारण ककनीभित्रै बसोबास गर्ने तीन सयभन्दा बढीलाई सङ्क्रमण देखिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । हाल पालिकामा सङ्क्रमितको सङ्ख्या ७३ छ ।


Author

थप समाचार
x