ललितपुर महानगरको घोषणा :
कोभिड-१९ संक्रमितलाई २५ हजार, मृतकको परिवारलाई १ लाख रुपैयाँ
काठमाडौँ: ललितपुर महानगरपालिकाले कोभिड-१९ प्रभावित व्यक्तिहरूलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महानगरले अस्पताल भर्ना भएर कोभिड संक्रमणमुक्त भएका व्यक्तिलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।
त्यस्तै आइसियू वा भेन्टिलेटरमा रही उपचार गरेर निको भएकालाई ५० हजार रुपैयाँ प्रदान गरिने महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । कोभिडको दोश्रो महामारी सुरु भएपछि संक्रमित भइ ज्यान गुमाएका व्यक्तिका परिवारलाई १ लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय भएको उनले बताए । उक्त सहयोग महानगरभित्रका स्थायी बसोवास गरेका नागरिकलाई प्रदान गरिने महर्जनले जानकारी दिए ।
‘नागरिकको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ,’ मेयर महर्जनले भने, ‘पहिले नागरिकको स्वास्थ्य र सुरक्षा त्यसपछि मात्रै विकास भन्ने ध्येयका साथ काम गरिरहेका छौँ । नागरिकको जीवनमा आइपर्ने प्रत्येक सुख दुखमा साक्षी हामी छौं ।’
यो सुविधा नगरवासीले मात्रै पाउने उनले बताए । उनकाअनुसार दोस्रो चरणको संक्रमणका क्रममा ज्यान गुमाए र संक्रमितले यो सुविधा पाउने छन् ।
त्यस्तै महानगरले प्रत्येक वडामा पिसिआर र एन्टीजेन परीक्षणको व्यवस्था गरेको तथा विभिन्न स्थानमा आइसोलेसन पनि सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ । नागरिकको स्वास्थ्य र सुरक्षा अहिलको आवश्यकताः त्यसपछिमात्रै विकास प्राथमिकता भन्ने उदेश्यका साथ महानगरले कोरोना नियन्त्रण र उपचारका लागि केन्द्रित भएर काम गरेको प्रमुख महर्जनले बताए । महर्जनले निषेधाज्ञाका कारण समस्यामा परेका नागरिकको सहयोगमा पनि महनगर जुटेको उल्लेख गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया