बागमती

बागमती प्रदेश सभामा १ वर्षमा २ विधेयक दर्ता

इकागज |
जेठ २१, २०७८ शुक्रबार १८:५२ बजे

हेटौंडा : चालू आर्थिक वर्षको आजसम्म बागमती प्रदेश सभा सचिवालयमा दुई विधेयक मात्र सरकारले दर्ता गरेको छ । प्रदेश पर्यटन विधेयक र प्रदेश उच्च शिक्षा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभा सचिवालयमा दर्ता गरिएको हो । 

अघिल्लो आर्थिक वर्षमा पेश भएको प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनबाट पारित हुन मात्रै बाँकी छ । सो विधेयकको सैद्धान्तिक छलफल सदनमा भइसकेको छ भने अर्थ तथा विकास समितिबाट पनि पारित भइसकेको छ । सो विधेयक प्रदेश सभा बैठकबाट पारित हुन मात्रै बाँकी भएको प्रदेश सभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए । 


यसैगरी प्रदेश पर्यटन विधेयक सदनमा टेबल भएको छ । प्रदेश उच्च शिक्षा सम्बन्धी विधेयक भने सभामा टेबल हुन बाँकी छ । हालसम्म बागमती प्रदेश सरकारले ६२ विधेयक सभामा पेश गरेको छ । जसमध्ये ५९ विधेयक प्रदेश सभाले पारित गरिसकेको छ । 


Author

थप समाचार
x