बागमती

'महानगर रिसर्च फेलोसिप २०८०' १० जनालाई दिइने

इकागज |
पुस १३, २०८० शुक्रबार १३:३३ बजे

फाइल तस्बिर

काठमाडौँ -  काठमाडौँ महनगरपालिकाले मेट्रोपोलिसन फेलोसिप पोग्राम सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरपालिका, सहरी योजना आयोगको समन्वयमा महानगरले रिसर्च फेलोसिप २०८० नामक अनुसन्धान शोधवृत्ति कार्यक्रमको चौथो सँस्करण महानगर रिसर्च फेलोसिप २०८० प्रोग्राम सञ्चालनमा ल्याएको हो । 

यस फेलोसिपका लागि सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी दुई वर्षको अनुसन्धान, अध्यापन वा विषयगत कार्य अनुभव भएको हुनुपर्नेछ । 


अधिकतम १० जनालाई यो फेलोसिप प्रदान गरिनेछ । फेलोसिपको समयावधि ६ महिनाको हुनेछ । सूचना जारी गरेको ३५ दिनमा इच्छुक नेपाली नागरिकहरूले आवेदन दिन आव्हान ग सक्नेछन् । 


Author

थप समाचार
x