बागमती

वडाभरका ज्येष्ठ नागरिकलाई मोबाइल र सिम बाडिने

इकागज |
पुस १९, २०८० बिहीबार २१:२१ बजे

फाइल फोटो

काठमाडौँ -सूर्यविनायक नगरपालिका वडा नम्बर ८ ले ज्येष्ठ नागरिकलाई मोबाइल वितरण गर्ने भएको छ । वडाको लक्षित कार्यक्रम अनुसार वडाले ज्येष्ठ नागरिकलाई नेपाल टेलिकमको सिम र मोबाइल वितरण गर्न लागेको हो ।

वडाले एक सूचना जारी गर्दै २०८० असार मसान्तमा ६८ वर्ष पुरा भएकालाई मोबाइल वितरण गर्ने जनाएको छ । पेन्सन खानेलाई पनि मोबाइल वितरण गरिने वडाको सूचनामा छ । साथै मोबाइल लिन आउने ज्येष्ठ नागरिकले पुस २९ गतेसम्म नागरिकताको प्रतिलिपि र दुई थान पासपोर्ट साइजको फोटोसहित वडामा निवेदन दिन वडाले अनुरोध गरेको छ । 



Author

थप समाचार
x