बागमती

यस्तो छ बागमती प्रदेशको नीति तथा कार्यक्रम (पूर्ण पाठ)

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण सुरु गरिने

इकागज |
जेठ २७, २०७८ बिहिवार १८:३६ बजे

हेटौंडाः बागमती प्रदेश सरकारले भीमफेदी कुलेखानी सुरुङमार्ग निर्माण कार्य सुरु गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख विष्णु प्रसाईले संघीय सरकारको समन्वयमा प्रदेशको गौरवको आयोजना सुरुङमार्गको निर्माण कार्य सुरु गर्ने बताएका हुन् ।

यस्तै हेटौंडाको चुरियामाई सुरुङको पुनर्निर्माण सम्पन्न गरेर अध्ययन केन्द्रको रूपमा विकास गर्ने सरकारले नीति लिएको उनले बताएका छन् । यसअघि प्रदेशको प्रमुख विपक्षी दलका नेता शालिकराम जम्कट्टेलले सुरुङमार्गको औचित्य नभएको भन्दै नीति तथा कार्यक्रममा योजना समावेश नगर्न मुख्यमन्त्री डोरमणि पौडेललाई सुझाव दिएका थिए ।


यस्तै बागमती प्रदेश सरकारले प्रदेश प्रमुख कोभिड–१९ खोप स्थापना गरेर प्रदेशको सबै नागरिकलाई नेपाल सरकारको समन्वय र सहकार्यमा सम्पूर्ण प्रदेशबासीलाई खोपको व्यवस्थाप गर्ने भएको छ । बागमती प्रदेश सभामा आगामी आर्थिक वर्ष ०७८/०७९ को ६४ पुष्ठ लामो नीति तथा कार्यक्रमको प्रदेश प्रमुख विष्णु प्रसाईले सार्वजनिक गरेका छन् । नीति तथा कार्यक्रम सार्वजनिक भएलगत्तै प्रदेश सभा बैठक २० मिनेटको लागि स्थगित भएको छ ।  

यस्तो छ बागमती प्रदेशको आगामी नीति तथा कार्यक्रम  


 


Author

थप समाचार
x