भोटेकोसीमा दुई दिने कायाकिङ

सिन्धुपाल्चोक- जल पर्यटनलाई विकास गर्ने उदेश्यले खेलिने खेल कायाकिङ प्रतियोगिता सिन्धुपाल्चोकको भोटेकोसी नदीमा सम्पन्न भएको छ । नदीमा खेलिने कायक खेल सिन्धुपाल्चोकको भोटेकोसी नदीमा मंगलबारदेखि सुरु भएको हो ।
मंगलबारदेखि बुधबारसम्म चार विधामा प्रतियोगिता चेलेको थियो । रिभर डाउन रेसमा ६ किलोमिटरको यात्रा पार गर्दै सुरेन्द्र माझी प्रथम भए भने प्रमोद गुरुङले दोश्रो स्थान बनाउन सफल भए प्रतियोगिताकै अर्का प्रतिस्पर्धा गरेका कृष्ण खड्काले तृतिय स्थान हासिल गरेका छन् ।
त्यस्तै अर्को विधा 'हेड टु हेड'मा प्रमोद गुरुङले प्रथम भए । विक्रम गुरुङ प्रतिस्पर्धामा दोस्रो भए भने कृष्ण खड्काले तृतिय स्थान बनाए । नदीमै खेलिने अर्को खेल स्प्रिन्टमा कृष्ण खड्का पहिलो बने, त्यस्तै प्रमोद गुरुङले आफुलाई दोश्रो स्थानमा खुम्च्याए भने विक्रम गुरुङ प्रतिस्पर्धामा तृतिय भए ।
त्यस्तै सललाम प्रतियोगितामा विक्रम गुरुङले आफुलाई पहिलो स्थान बनाउदा मनोज सुनुवारले दोस्रो स्थान प्राप्त गरे भने सन्दीप कुमाल तृतिय बन्न सफल भए। चार विधामा खेलाइएको प्रतियोगितामा ३२ जना खेलाडीले भाग लिएका थिए ।
त्यसमध्ये ३ जना महिलाले खेलमा सहभागी जनाए थिए । जसमा अनिता कार्कीले चार विधामा आफुलाई १ हजार अंकसहित प्रथम स्थान बनाउ सफल बनिन् भने पविता मगर ८ सय ९३ अंकसहित द्धितिय बन्दा सम्झना माझीले ८ सय ८७ अंक ल्याएर तृतिय भइन् ।
त्यस्तै पुरुषतर्फ समग्रमा प्रमोद गुरुङले ८ सय ८० अंकसहित प्रथम बने, त्यस्तै चार विधामै प्रतिस्पर्धा गरेका सुरेन्द्र माझीले दोस्रो स्थान बनाउँदा अर्का खेलाडी विक्रम गुरुङ तृतिय भए । खेलमा निर्णायकले समय, प्राविधिक र अनुशासनलाई हेरेर मुल्यांकन हुने गरेको भोटेकोसी एड्भेन्चर क्लबका अध्यक्ष रविन श्रेष्ठले बताए ।
सिन्धुपाल्चोकको भोटेकोसी नदी एसियाकै ७ औँ स्थानमा पर्ने नदीमा पर्ने भएकाले भोटेकोसी नदीमा सिकेका र्याफ्टिङ तथा कायक गाइडलाई विदेशमा छुट्टै मान्य दिइँदै आएको आयोजकले जनाएको छ । बुधबार प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा बोल्दै र्याफ्टिङ एसोसिएसनका महासचिव नारायण श्रेष्ठले भोटेकोसी नदीमा यस वर्ष पनि कायाकिङ प्रतिस्पर्धा खेल सुरु बताए ।
'सदाझैँ यसपटक पनि सुकुटेमा रहेको रिसोर्टहरूले आर्थिक सहयोग जुटाएर प्रतिस्पर्धा कार्यक्रम गरेका छौँ । सबैको ध्यान भलिबल, फुटबल, ब्याटमिन्टनमा जान्छ तर यो खेललाई कसैले सहयोग गरेको छैनन्' नारायणले भने 'यो प्रतिस्पर्धालाई राम्रोसँग नबुझ्दा नदीमा खेलिने यस्तो खेल क्षेत्र पछि परेको छ ।'
यस्तो खेलको हरेक वर्ष आयोजना गरे पनि स्थानीय सरकार तथा जनप्रतिनिधिले यसबारे राम्रोसँग बुझ्न नसकेको उनले बताए । 'भोटेकोसी नदीमा विदेशीहरू कायाकिङ र र्याफ्टिङको लागि आउने गर्छन् उनीहरूले यसलाई महत्त्वको साथ बुझेका हुन्छन् तर हाम्रो जिल्लाका जनप्रतिनिधिले भने यसलाई बुझ्न सकेनन्' उनले भने ।
भोटेकोसीमा र्याफ्टिङ गाइड तथा कायाकिङ गरेकाहरूलाई विदेशीमा सिधै मान्यता दिने भएकाले राज्यले यस क्षेत्रमा बजेट छुट्याउनु पर्ने बताए । प्रतियोगितामा सिन्धुपाल्चोक, नुवाकोट र धादिङका रिभर गाईडहरूको सहभागिता थियो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यो खेल राष्ट्रिय स्तरको भएको आयोजक भोटेकोसी एड्भेन्चर क्लबले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया