प्रदेश सभा परिसरमा घन्कियो नारा : 'नरोत्तम वैद्य चोर देश छोड'
हेटौँडा : सत्तारुढ नेकपा एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियु)ले बागमती प्रदेश सांसद नरोत्तम वैद्यविरुद्ध नारा लगाएका छन् । आज बिहान उनीहरूले हेटौँडाको बुद्धचोकमा सांसदको फोटो जलाएका थिए ।
उनीहरूले बागमती प्रदेश सभा परिसरमै अहिले नरोत्तम वैद्य चोर देश छोड, कुसंस्कार नरोत्तम वैद्य मुर्दावाद, नरोत्तम वैद्य राजीनामा दे, नेपाल कांग्रेस होसियार, गुण्डा पाल्ने कांग्रेस होसियार भन्दै नारा लगाइरहेका छन् । उनीहरूले सांसद वैद्यको अभिव्यक्ति फिर्ता लिन गरेका छन् । उनीहरूले आजलाई होइन भोलिलाई दश वर्ष ओलीलाई भन्दै नारा लगाइरहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया