बागमती

बागमती प्रदेशको नीति तथा कार्यक्रम पारित

इकागज |
जेठ २९, २०७८ शनिबार १४:१७ बजे

हेटौंडाः बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार बसेको प्रदेश सभाको बैठकमा बहुमतले नीति तथा कार्यक्रम पारित गरेको हो । यसअघि शनिबार बिहान एमाले बागमती प्रदेश संसदीय दलको बैठकले सांसदहरुलाई ह्वीप जारी गरेको थियो । दलका नेता समेत रहेको मुख्यमन्त्री पौडेलले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न निर्देशन दिएका थिए ।

बागमती प्रदेश सभामा मुख्यमन्त्री डोरमणि पौडेलले नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको जवाफ दिएका थिए । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले विद्युतीय बस चलाउने र सुरुङमार्ग निर्माण गर्ने बताएका छन् । उनले विद्युतीय बस संचालन गर्दा अन्य बसले भन्दा ३० प्रतिशत भाडा कम हुने भन्दै विद्युतीय बस संचालन गर्नुपूर्व सबै पूर्वाधार सरकारले तयार गर्ने बताएका छन् । उनले सुरुङमार्ग निर्माण कार्य प्रदेश सरकार एक्लैले नभएर संघीय सरकारको सहलगानीमा निर्माण हुने स्पष्ट गरे ।


प्रदेश सभामा संशोधन प्रस्ताव दर्ता गराएका विपक्षी सांसदहरू नरोत्तम वैद्य, रजनी अमात्य, विजया श्रेष्ठ, रमेश पौडेल, शोभा शाक्य, सुरेन्द्र शाक्य, सिता अधिकारी, रत्न ढकाल, पुकार महर्जनको संसोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । प्रदेश सभा सभामुख सानुकुमार श्रेष्ठले नीति तथा कार्यक्रम बहुमतले पास भएको घोषणा गरेका थिए । अब प्रदेश सभा आउँदो असार १ गते ३ बजे बस्ने सभामुख श्रेष्ठले जानकारी दिए ।  


Author

थप समाचार
x