काउले वनमा लागेको डढेलो वस्तीमा पस्यो, एक जनाको मृत्यु
दोलखा- रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो वस्तीमा पस्दा एक महिलाको मृत्यु भएको छ । बिहीबार बेलुका डढेलो घरमा सल्किएपछि जलेर रामेछाप नगरपालिका-८ की ३२ वर्षीया रमिता तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
डढेलोका कारण बस्तीका दुई घर जलेका छन् । साथै ४८वटा पशु पनि आगलागीमा परेर मरेको रामेछाप प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया