बागमती

बालेनको आक्रोश : फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन

इकागज |
जेठ ७, २०८१ सोमबार १८:२१ बजे

काठमाडौँ- काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सिंहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको फोहोर नउठ्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बालेनले भ्रष्टलाई समाउन नसकेको तर काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई पक्राउ गरेको उल्लेख गरेका छन् ।


बालेनले चालक रिहा नभएसम्म चालकहरू रिहा नभएसम्म सिंहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको फोहोर नउठ्ने बताएका हुन् ।

उनले भनेका छन्, 'भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले । जबसम्म ससम्मान चालकहरू रिहा हुन्नन् सिंहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिँदैन !

 


Author

थप समाचार
x