बागमती

राहत र पुन:स्थापनाका लागि मेलम्चीको अपिल

इकागज |
असार ४, २०७८ शुक्रबार १३:४० बजे

काठमाडौँ : सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले क्षति पुर्‍याएपछि पीडितलाई राहतका लागि मेलम्ची नगरपालिकाले अपिल गरेको छ ।  आज एक अपिल जारी गर्दै 'मेलम्ची बाढी पीडित राहत तथा पुन:स्थापना कोष' स्थापना गरेको छ ।

बाढीबाट विस्थापित तथा संकटमा परेका परिवारलाई पुन:स्थापना गर्न र क्षति भएका संरचना पुन:निर्माणका लागि नगरपालिकाले उक्त राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गरेको छ ।


सहयोग गर्न इच्‍छुक व्यक्ति, संघ संस्था, सरकारी तथा गैरसरकारी निकाय, स्थानीय तहहरुले नेपाल बैंक मेलम्ची शाखामा रहेको कोषको खाता नम्बर १६८००१०७०५०२०९०००००१ मा जम्मा गरिदिन नगरपालिकाले अपिल गरेको छ ।

असार १ गते हेलम्बु गाउँपालिका र मेलम्चीमा नगरपालिकामा आएको बाढी पहिरोले २० जना भन्‍दा बढी बेपत्ता छन् भने अर्बौँको भौतिक क्षति भएको छ ।


Author

थप समाचार
x