बागमती

काठमाडौँ महानगरको नगर सभाको १५औं अधिवेशन जेठ ३२ गते

इकागज |
जेठ २५, २०८१ शुक्रबार १७:४१ बजे

फाइल फोटो

काठमाडौँ - काठमाडौँ महानगरको नगर सभाको १५औं अधिवेशन जेठ ३२ गते आव्हान गरिएको छ । काठमाडौँ महानगरले एक सूचना प्रकाशित गर्दै जेठ ३२ गते राष्ट्रिय सभा गृहमा १५औं नगर अधिवेशन हुने भएको हो ।

सूचनामा भनिएको छ- 'काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको संवत् २०८१ जेठ १८ गतेको ३२औं बैठकको निर्णयानुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ र बागमती प्रदेश सभाबाट जारी भएको गाउँ/नगर/जिल्ला सभा सञ्चालन (कार्यविधि) ऐन, २०७५ को दफा ३ बमोजिम काठमाडौँ महानगरपालिका नगर सभाको १५औं अधिवेशन देहायको मिति, समय र स्थानमा बस्ने गरी आह्वान भएको हुँदा काठमाडौँ महानगरपालिका, नगर सभाका सम्पूर्ण सदस्यहरूलाई यसै सार्वजनिक सूचनाद्वारा उपस्थितिका लागि अनुरोध गरिन्छ ।


अधिवेशन २०८१ साल जेठ ३२ गते, शुक्रबार, दिनको १:०० बजे, राष्ट्रिय सभागृहको सभा हल काठमाडौँमा हुने छ ।'
 


Author

थप समाचार
x