बागमती

बाढीले हेलम्बु प्रहरी कार्यालय ढाल्‍यो

इकागज |
असार ५, २०७८ शनिबार ९:४९ बजे

काठमाडौँ : बाढीले सिन्धुपाल्‍चोको हेलम्बु गाउँपालिकास्थित प्रहरी चौकी भत्‍किएको छ । शुक्रबार राति आएको बाढीले हेलम्बुमा रहेको इलाका प्रहरी कार्यालय हेलम्बुको दुई तल्ले भवन भत्किएको हो ।

मंगलबार आएको बाढीले प्रहरी भवनमा असुरक्षित भए पनि सग्‍लो थियो । शुक्रबार साँझ आएको बाढीले भने भवन खोलामा ढलेको छ । उक्त प्रहरी भवन पाँच महिनाअघि मात्र निर्माण सम्पन्‍न भएको थियो । भवन ढले पनि कुनै मानवी क्षति भने भएको छैन । 



Author

थप समाचार
x