काठमाडौँ महानगरले सिंहदरबारभित्रका क्यान्टिनबाट चार जना बालबालिकाको उद्धार गर्यो
काठमाडौँ - विश्व बालश्रम विरुद्धको दिवसका दिन काठमाडौँ महानगरपालिकाले संघीय प्रशासनिक सचिवालय रहेको स्थान सिंहदरबारभित्रका क्यान्टिनहरुबाट चार जना बालश्रमिकहरुलाई उद्धार गरेको छ ।
यसरी उद्धार गरिएका १८ बर्षमुनिका २ जना बालक र २ जना बालिका छन् । उनीहरुमध्ये २ जना बालिकालाई सेन्ट्रल क्यान्टिनका रुपमा सञ्चालन भएको स्थानबाट १ जना बालकलाई उद्योग मन्त्रालयको क्यान्टिनबाट र अर्को १ जना बालकलाई उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको क्यान्टिनबाट उद्धार गरिएको बाल कल्याण अधिकारी शान्ता पहाडीले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया