कांग्रेसको टिप्पणी : प्रदेश सरकारको बजेटले संघीयतालाई सुदृढ होइन, कमजोर पार्छ
काठमाडौँ : नेपाली कांग्रेस संसदीय दल बागमती प्रदेशले प्रदेश सरकारले ल्याएको बजेटले संघीयतालाई सुदृढ पार्ने नभइ कमजोर पार्ने देखिएको टिप्पणी गरेको छ । शनिबार काठमाडौंमा प्रदेश सभा सरकारले सार्वजनिक गरेको बजेटका बिषयमा कांग्रेस संसदीय दल बागमती प्रदेशले आयोजना गरेको छलफल कार्यक्रममा इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकारले संघीयता बलियो बनाउने भन्दा पनि कमजोर र अंशुक लगाउने गरि बजेट ल्याएको टिप्पणी गरेका छन् ।
उनले बजेटमा सरकारले खोपको उचित व्यवस्थापन गर्न नसकेको र बजेटमा पनि खोपका बिषयमा स्पष्ट कुरा नभएको जिकिर गरे । बानियाँले कोभिड महामारीपछिको अवस्थामा जनतामा परेको समस्यामा पनि सरकार मौन देखिएको आरोप लगाए ।
त्यस्तै उनले बजेटलाई हेर्दा समृद्धिको यात्रामा अघि बढ्न नसक्ने र जनताप्रति पनि लक्षित नदेखिएको बताए । कार्यक्रममा बागमती प्रदेशसभाका कांग्रेस सदस्यहरू र स्थानीय तहका कांग्रेसका जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया