बागमती

हेलम्बु गाउँपालिकाले भन्यो:

‘मेलम्ची र हेलम्बुमा फेरि बाढी र पहिरो जाने सम्भावना ७५ प्रतिशत छ’

इकागज |
असार ५, २०७८ शनिबार १८:७ बजे

काठमाडौँ : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले थप पहिरो र बाढी आउने सक्ने भन्दै सतर्क हुन आग्रह गरेको छ । विपद् विज्ञ डा.रविनराज निरौलाले एक हप्ता लामो अध्ययन गरी हेलम्बुको भेमाथाङ्ग चौरमा पहिरो गएर मेलम्ची थुनिएको र त्यसले गर्दा मेलम्चीमा बाढी आएको बताएपछि गाउँपालिकाले विज्ञप्ति निकालेर थप सतर्कता अपनाउन आग्रह गरेको हो ।

डा.निरौलाका अनुसार कालो माटो रहेको सो क्षेत्रमा भूकम्पले गर्दा चिरा परेको र फेरि पनि पहिरो गएर खोला थुनिने तथा त्यसपछि बाढी आउने सम्भावना धेरै छ । जसकारण मेलम्ची, हेलम्बु लगायतका क्षेत्रमा फेरि ठूलो बाढी आउने सम्भावना रहेकाले सतर्क हुने गाउँपालिकाले आग्रह गरेको हो ।


‘हाल २५ प्रतिशत मात्रै पहिरो गएको र बाँकी ७५ प्रतिशतमध्ये के कति भागमा पहिरो जान सक्ने भन्ने एकिन नभएकाले थप बाढी जान सक्ने हुँदा सबै सरोकारवालाहरुले उच्च सावधानी अपनाउन समेत जानकारी गरिन्छ’ गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

गएको मंगलबार मेलम्चीमा बाढी आउँदा हेलम्बु, तिम्बु, किउल र मेलम्बी बजारमा ठूलो जनधनको क्षति गरेको थियो । सो ठाउँमा फेरि पनि बाढी आएपछि समस्या झन् चुलिएको छ । 

 

 


Author

थप समाचार
x