बागमती

बागमती प्रदेशसभा : आजदेखि बजेटमा छलफल

इकागज |
असार ६, २०८१ बिहीबार ९:५७ बजे

फाइल तस्बिर

बागमती- बागमती प्रदेशसभा बैठकमा आजदेखि  आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ ।

आज बिहान ११ बजे सुरु हुने बैठकमा आगामी आवको बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयलाई विनियोजन भएको बजेटमा छलफल हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खडकाले बताए । असार ८ गतेभित्र बजेट पारित गर्ने कार्यसूची छ । 


यही असार १ गते प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आवका लागि लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट प्रस्तुत गरेका थिए । 


Author

थप समाचार
x