बागमती

महानगरको कार्यक्रम र वार्षिक बजेटका विषयमा छलफल

इकागज |
असार ७, २०८१ शुक्रबार १४:५८ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा आर्थिक वर्ष २०८१/८२ का लागि विभागहरूले प्रस्ताव गरेका कार्यक्रम र वार्षिक बजेटका विषयमा छलफल भइरहेको छ । 

विभागले विषयगत समितिमा छलफल गरेर छलफलका लागि बजेट तथा कार्यक्रम पेस गरेका हुन् । बैठकमा विषयगत समितिका संयोजकहरू थिए । प्रस्तावमाथि सबै वडाध्यक्षको पृष्ठपोषण लिनका लागि आज सबै वडाध्यक्षहरूलाई छलफलमा आमन्त्रण गरिएको, समितिका संयोजक डंगोलले जानकारी दिइन् । 


हिजो प्रशासन विभाग, कृषि तथा पशुपन्छी विभाग, सूचना प्रविधि, वातावरण व्यवस्थापन विभाग, आन्तरिक लेखा परीक्षण एकाइ, खरिद एकाइ, हनुमान ढोका दरबार संरक्षण कार्यक्रमसहितका विभागका प्रस्तावमाथि छलफल भयो । आज सहरी योजना आयोग, सामाजिक विकास विभाग, सार्वजनिक निर्माण विभागसहित विभाग, आयोजना तथा सचिवालयका प्रस्तावमाथि छलफल हुनेछ ।   

नगर सभाको १५ औँ अधिवेशनअन्तर्गत सभामा नीति पेस भइसकेको छ । अधिवेशनको अर्को बैठक असार १० गते बस्ने कार्यक्रम छ । बैठकमा आर्थिक तथा विनियोजन विधेयकहरू पेस हुने छन् ।


Author

थप समाचार
x