बागमती

मेलम्ची नगरपालिकाले ल्यायो १ अर्ब ७६ कराेड ८४ लाखको बजेट

इकागज |
असार ९, २०८१ आइतबार २०:४ बजे

काठमाडौँ- मेलम्ची नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि १ अर्ब ७६ कराेड ८४ लाख ५९ हजार रुपैयाँको बजेट विनियोजन गरेकाे छ ।

मेलम्ची समृद्धिकाे आधार, कृषि, पर्यटन, उद्योग र जलाधार भन्ने नारालाई आत्मसात गर्दै नगरपालिकाले आइतबार सम्पन्न नगरसभामार्फत पूर्वाधार निर्माणमा जाेड दिँदै आगामी आर्थिक वर्षको लागि बजेट विनियोजन गरेकाे हाे । बजेटमा २०७८ सालकाे बाढीले बगाएको पक्की पुल निर्माणका लागि समेत बजेट विनियोजन गरेकाे छ ।


संघ र प्रदेश सरकारकाे प्राथमिकतामा नपरेपछि पुल निर्माणका लागि बजेट विनियोजन गरेकाे नगर प्रमुख आइतमान तामाङले बताए । बजेटले प्राथमिकताकाे आधारमा कृषि, स्वास्थ्य, शिक्षालगायतकाे क्षेत्रमा बढी जाेड दिएकाे छ । अधिवेशनले नगर प्रमुख एवं सभाध्यक्ष आइतमान तामाङले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रम, उपप्रमुख उमा प्रधानले प्रस्तुत गरेकाे बजेट र विनियाेजन विधेयक २०८१ तथा विभिन्न विधेयक र प्रस्तावहरू सर्वसम्मत पारित गरेकाे थियाे ।


Author

थप समाचार
x