बागमती

ललितपुर महानगरले ल्यायो सात अर्ब ४६ करोडको बजेट

इकागज |
असार १०, २०८१ सोमबार १६:५३ बजे

काठमाडौँ- ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि सात अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेको छ ।

उपप्रमुख मञ्जली शाक्यले सोमबार नगरसभाको पाँचौँ अधिवेशनको तेस्रो बैठकमा महानगरपालिकाको आगामी आर्थिक वर्षका लागि सात अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँ बराबरको आय व्यय विवरण प्रस्तुत गरेकी हुन् ।


यो बजेट चालु आवको भन्दा १५ प्रतिशत बढी रहेको उपमेयर शाक्यले  जानकारी दिइन् । चालु आवमा महानगरले ६ अर्ब ५० करोड पाँच लाख ८८ हजार बराबरको बजेट ल्याएको थियो ।

 


Author

थप समाचार
x